You are here
Home > समाचार > तिब्बतीलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

तिब्बतीलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

३१ श्रावण २०७६, शुक्रबार १८:३७

पोखरा-तिब्बती शरणार्थीलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन सहयोग र सिफारिस गरेको आरोपका कास्की प्रहरीले वडाध्यक्षसहित ३ लाई पक्राउ गरेको छ । पोखरा-१८ का अध्यक्ष रणबहादुर थापा, वडा सदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेल शुक्रबार पक्राउ परेका हुन् ।

उनीहरुलाई सराङकोटमा रहेको वडा कार्यालयबाटै पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । प्रहरी अनुसन्धानका क्रममा वडाध्यक्षको संलग्नता खुलेपछि पक्राउ गरिएको उनले जनाए । उनीहरुलाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।