You are here
Home > समाचार > चितवन प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार,५ जना घाइते

चितवन प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार,५ जना घाइते

३१ श्रावण २०७६, शुक्रबार २०:२६

काठमाडौं- जिल्ला प्रहरी कार्यालय चितवनमा शुक्रबार साँझ ढुंगामुढा भएको छ । प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार हुँदा ५ जना प्रहरी घाइते भएका चितवन प्रहरीले जनाएको छ।

चौकीभित्र ढुंगा मुढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्यास हानेको प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ५ दिन म्याद लिएको थियो ।