You are here
Home > समाचार > स्वयम्भूमा प्रहरी जवान ठगुन्नाको शंकास्पद मृत्यु

स्वयम्भूमा प्रहरी जवान ठगुन्नाको शंकास्पद मृत्यु

१ भाद्र २०७६, आईतवार १३:५७

काठमाडौँ -महानगरीय प्रहरी वृत्त स्वयम्भुमा कार्यरत प्रहरी जवान शंकर ठगुन्नाले झुण्डिएर आत्महत्या गरेका छन् । नागार्जुन नगरपालिका–३, ठूलो भर्‍याङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका उनी गएराति मृत भेटिएका हुन् । 

स्वयम्भू वृत्तका प्रमुख डीएसपी लालध्वज सुवेदीले प्रहरी जवान शंकरले सलको पासो लगाएर झ्यालको रडमा झुण्डिएर आत्महत्या गरेको जानकारी दिए । प्रहरीले महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

मध्यराति १ः२० बजे उनै महिलाले प्रहरीलाई ठगुन्ना झुण्डिएको अवस्थामा भेटिएको भन्दै खबर गरेकी थिइन् । अनुसन्धान अधिकृत घटनास्थलमा पुग्दा, ठगुन्नाको शव भुइँमा लडिरहेको थियो ।

शनिबार साँझ १० बजेतिर रक्सीले मातेर शंकर प्रेमिकाको कोठामा पुगेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।