You are here
Home > राजनीति > नेकपा सचिवालयमा तीन नेता थप्न प्रस्ताव

नेकपा सचिवालयमा तीन नेता थप्न प्रस्ताव

१ भाद्र २०७६, आईतवार १४:४१

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा नयाँ विवाद शुरु भएको छ । सचिवालय बैठकमा वामदेव गौतमलाई उपाध्यक्षको प्रस्तावगरेसँगै माधवकुमार नेपालले पनि पूर्व एमालेका उपाध्यक्षहरुलाई सचिवालयमा ल्याउनु पर्ने प्रस्ताव गरेका छन् ।

बामदेव गौतम उपाध्यक्ष बनेसँगै तत्कालिन नेकपा एमालेका तीन जना उपाध्यक्ष पनि सचिवालयमा ल्याउन प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

आज बस्ने सचिवालय बैठकमा यो प्रस्तावले औपचारिकता पाउने संभावना रहेको पनि नेकपा स्रोतले जनाएको छ । अघिल्लो सचिवालय बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीलाई सचिवालयमा ल्याउनुपर्ने प्रस्ताव राखेका हुन ।

नेता नेपालले नेकपाको सचिवालयमा महिला सहभागीता नभएको, तत्कालिन एमालेको सबै भन्दा पुरानो तथा प्रभावशाली नेतृ तथा दोश्रो कार्यकाल उपाध्यक्षमा निर्वाचित भएकाले अष्टलक्ष्मी शाक्यलाई पनि सचिवालयमा ल्याउनुपर्ने बताएका हुन् ।

एमालेमा सबै भन्दा धेरै मत ल्याएर उपाध्यक्ष जितेका भीम रावल र दोश्रो कार्यकाल पदाधिकारी निर्वाचित भएका युवराज ज्ञवालीलाई पनि सचिवालयमा ल्याउनुपर्ने नेता नेपालको प्रस्ताव हो ।