You are here
Home > कला > योगेशको ‘रणहार’ लाई मदन पुरस्कार

योगेशको ‘रणहार’ लाई मदन पुरस्कार

१ भाद्र २०७६, आईतवार १७:१५

काठमाडौं – मदन पुरस्कार २०७५ योगेश राजको पुस्तक ‘रणहार’लाई प्रदान गरिने भएको छ। त्यस्तै, जगदम्बा-श्री सम्मान वरिष्ठ साहित्यकार बैरागी काइँलालाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीको आइतबार बसेको साधारण सभाले मदन पुरस्कार र जगदम्बा-श्री सम्मानको घोषणा गरेको हो।

गुठीका अध्यक्ष कुन्द दीक्षितले उक्त जानकारी दिएका हुन्। उनले सामाजिक संजाल ट्विटरमार्फत उक्त कुराको जानकारी सार्वजनिक गरेका छन्।

जगदम्बा-श्री सम्मानको र मदन पुरस्कारको राशी यसवर्षदेखि ४-४ लाख रुपैयाँ पुर्‍याइएको छ। यसअघि उक्त रकम २-२ लाख रुपैयाँ थियो। उक्त पुरस्कार र सम्मान आगामी असोज १२ गते आइतबार घटस्थापनाका दिन प्रदान गरिनेछ।