You are here
Home > अर्थ/बजार > विद्युत प्राधिकरणले कर्मचारीलाई बोनस दिने

विद्युत प्राधिकरणले कर्मचारीलाई बोनस दिने

१ भाद्र २०७६, आईतवार २०:०२

काठमाडौं-नेपाल विद्युत प्राधिकरणले कर्मचारीलाई बोनस दिने भएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणका कर्मचारीलाई बोनस दिने निर्णय भएको जानकारी दिनुभएको छ ।

‘प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको छ’ प्राधिकरणको ३४ औं वार्षिकत्सवमा उहाँले भन्नुभयो, ‘सबै तहका कर्मचारीले जनही ७ हजारका दरले मुनाफा पाउँछन् । निजामति कर्मचारीका लागि सरकारले वृद्धि गरेकै अनुपातमा सबै कर्मचारीको मासिक तलब भत्ता पनि वृद्धि गरिएको छ ।’

मन्त्री पुनले कर्मचारीले महंगी भत्ता वापत प्रतिमहिना २ हजार पाउने उल्लेख गर्नुभयो । यसअघि प्राधिकरणले कर्मचारीहरुको मंहगी भत्ता रोकेको थियो । मन्त्री पुनले प्राधिकरण नाफामा जानु र त्यहाँ कार्यरत कर्मचारीको सेवा सुविधा बढ्नुले यो वर्ष गौरवको र उपलब्धिको वर्ष भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।