You are here
Home > समाचार > पूर्वराजदुत हत्या प्रकरणः सुरक्षागार्ड कान्छाराज तामाङ पक्राउ

पूर्वराजदुत हत्या प्रकरणः सुरक्षागार्ड कान्छाराज तामाङ पक्राउ

१ भाद्र २०७६, आईतवार २०:१५

काठमाडौं-पूर्वराजदुत केशवराज झा हत्या प्रकरणमा सुरक्षागार्ड कान्छाराज तामाङ पक्राउ परेका छन् । प्रहरीले तामाङलाई काभ्रेको खोपासीबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध अनुसन्धान मशाहाखाका एसएसपी सहकुल थापाले कान्छा तामाङ शनिबार काभ्रे पनौतीको खोपासीबाट पक्राउ परेको जानकारी दिए।

झाको हत्या प्रकरणमा तामाङ यसअघि पक्राउ परेर धरौटीमा रिहा भएका थिए ।

पूर्वराजदूत झाको श्रीमतीले तामाङविरुद्ध काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी समेत दिएकी छन् ।