You are here
Home > समाचार > विप्लव समूहद्वारा ६ रोपनी जग्गा कब्जा

विप्लव समूहद्वारा ६ रोपनी जग्गा कब्जा

२ भाद्र २०७६, सोमबार १३:३५

सल्यान–सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सल्यानमा ६ रोपनी जग्गा कब्जा गरेको छ ।

छत्रेश्वरी गाउँपालिका–६, लान्तीमा रहेको खैरावाङ मन्दिरको ६ रोपनी जग्गा कब्जा गरेको हो । विप्लवको ‘जिल्ला जनपरिषद्’ सल्यानले जग्गामा झण्डा गाडेको छ भने कालो ब्यानरसमेत टाँगेको छ ।

परिवर्तनकारी जनतालाई हाम्रो सलाम, दलाल, भ्रष्ट, भूमाफिया हाम्रो निशानी, जनयुद्धको क्रममा कब्जा गरिएका सबै जग्गा पुनस् जनपरिषद् नेपालले आजको मितिदेखि आफ्नो नियन्त्रणमा लिएको जानकारी गराउँदछौँ’ ब्यानरमा लेखिएको छ।