You are here
Home > समाचार > रवि लामिछानेको सम्पति छानविन गर्न माग

रवि लामिछानेको सम्पति छानविन गर्न माग

२ भाद्र २०७६, सोमबार १३:३८

काठमाडौं-शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको सम्पत्ति छानविन गर्न माग भएको छ ।

पत्रकार पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोमा रवि लामिछानेले विभिन्न व्यापारीक समूह, तस्करहरुसँग रकमको बार्गेनिङ गर्ने गरेको र करोडौं लिने गरेको आरोप लगाइएको थियो । मृत्यु अघि पुडासैनीले यस्तो आरोप लगाएपछि सामाजिक सञ्जालमा यसबारेमा बहस भइरहेको छ ।

लामिछानेको पक्षमा चितवन र देशका विभिन्न स्थानमा प्रदर्शन जारी रहँदा सामाजिक सञ्जालमा पुडासैनीको न्याय र रविको पक्षमा बहस भइरहेको हो । पुडासैनीले न्याय पाउनु पर्ने र कोही पनि निर्दोष फस्न नहुने विषयले केही दिन यता सामाजिक सञ्जाल बहसको केन्द्र बनेको छ ।

यसैबीच सत्तारुढ दल नेकपाको भ्रातृ संगठन नेपालका सहसंयोजक रमेश पौडेलले सञ्चारकर्मी लामिछानेको सम्पत्तिको श्रोतको छानवीन गर्नुपर्ने माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुमा उनले रविको सम्पत्ति छानविन गर्नुपर्ने धारणा राखेका छन् ।