You are here
Home > समाचार > चितवनको सुरक्षा व्यवस्था कडा, मालपोत चोकदेखि चौवीसकोठसम्म निषेधित क्षेत्र घोषणा

चितवनको सुरक्षा व्यवस्था कडा, मालपोत चोकदेखि चौवीसकोठसम्म निषेधित क्षेत्र घोषणा

२ भाद्र २०७६, सोमबार १३:४७

चितवन-चितवनको मालपोत चोकदेखि चौवीसकोठी सम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरीएको छ । केही समयदेखि अराजक गतिबिधी बढेको भन्दै सो क्षेत्रमा सभा सम्मेलन गर्न निषेध गरेको हो। आजदेखी यो क्षेत्रमा प्रदर्शन र हुलहुज्जत गर्न नपाइने जनाएको छ ।

एसपी दानबहादुर मल्लले आजदेखि जिल्लाको सुरक्षा व्यवस्था झन कडा बनाइएको बताएका छन् । विभिन्न क्रियाकलापका कारण यहाँ उपचारका लागि आउने बिरामीले सास्ती पाएकाले यस क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरिएको एसपी मल्लले जानकारी दिए ।