You are here
Home > राजनीति > जम्मू कश्मीर मामलालाई नजिकबाट नियालिरहेका छौं : परराष्ट्रमन्त्री ज्ञवाली

जम्मू कश्मीर मामलालाई नजिकबाट नियालिरहेका छौं : परराष्ट्रमन्त्री ज्ञवाली

२ भाद्र २०७६, सोमबार १५:३८

काठमाडौं-नेपाल सरकारले जम्मू कश्मीर मामिलालाई नजिकबाट नियालिरहेको बताएको छ । सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मू कश्मीर मामिलालाई नेपालले नजिकबाट नियालिरहेको बताएका हुन् ।

उनले भने, “जम्मू कश्मीर क्षेत्रमा रहेका नेपालीको सुरक्षाबारे दिल्लीस्थित नेपाली दूताबासले काम गरिरहेको छ । उनीहरु सुरक्षित नै छन ।” भारतीय विदेश मन्त्री एस जयशंकरको आसन्न नेपाल भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा ‘क्षेत्रीय रुपमा र छिमेकमा समेत शान्ति र स्थिरताका पक्षमा नेपाल उभिएको’ मन्त्री ज्ञवालीले बताए । नेपाल सार्कको अध्यक्षसमेत रहेको भन्दै मन्त्री ज्ञवालीले नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको बताएका हुन् ।

भारतले धारा ३७० लाई परिमार्जन गरी जम्मू कश्मीरको विशेष राज्यको दर्ता खोसेको छ भने लद्दाखलाई अलग राज्य बनाएको छ । यसलाई लिएर जम्मू कश्मीरमा तनाव जारी छ । उता यसको विरुद्धमा पाकिस्तान पनि तिब्र रुपमा लागीपरेको छ ।