You are here
Home > समाचार > समता अस्पताल सञ्चालक सञ्जेल पत्नीसहित तीन जना कारागार चलान

समता अस्पताल सञ्चालक सञ्जेल पत्नीसहित तीन जना कारागार चलान

३ भाद्र २०७६, मंगलवार १८:०९

काठमाडौं-समता स्कुल तथा अस्पतालका संचालक उत्तम सञ्जेलकी पत्नीसहित तीन जना कारागार चलान भएका छन् ।

संचालक उत्तम सञ्जेल ,सञ्जेलकी पत्नी कलासहित कर्मचारी पितकुमारी श्रेष्ठ र सगीता केसी कारागार चलान भएका हुन् ।

बौद्धस्थित समता अस्पतालमा काम गर्दै आएकी रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले गएको असार ३ गते अस्पतालभित्रै आत्महत्या गरेकी थिइन् ।

अस्पतालभित्रै आत्महत्या गरेकी तामाङको साथबाट फेला परेकाे सुसाइड नोटमा आफूलाई उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल, कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीले वाध्य पारेको उल्लेख गरिएको थियो ।

आत्महत्या गर्न दुरुत्साहन पारेको भन्दै तामाङका परिवारले प्रहरीमा तीन जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।