You are here
Home > राजनीति > सर्वदलीय बैठक सम्पन्न,शान्ति दीगो का लागि एक जुट आवश्यक

सर्वदलीय बैठक सम्पन्न,शान्ति दीगो का लागि एक जुट आवश्यक

३ भाद्र २०७६, मंगलवार २०:२२

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा प्रधानमन्त्री ओलीले देशले प्राप्त गरेको उपलब्धीमाथि प्रहार गर्ने तत्व र शक्तिहरु सक्रिय भएको भन्दै चिन्ता जनाएका थिए। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले बैठकको सुरुमै दलहरुबीच सहकार्यको आवश्यकता औंल्याए।

‘हामी लामो समयसम्म एउटै उद्धेश्यले हिँडेका हौँ। समझदारी र सहकार्य अघि बढाउन यो बैठक बोलाएको हुँ’, ओलीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले मुख्यतः तीनवटा विषयमा केन्द्रित भएर आफ्ना भनाइ राख्नुभएको थियो।’ के भने प्रधानमन्त्रीले रु १ गणतन्त्र, संविधान, लोकतन्त्र संघीयतामाथि आक्रमण भइरहेको छ। विभिन्न समूहबाट आक्रमणको प्रयत्न भएकाले यस निम्ति संघर्ष गर्न समझदारीसहित अघि बढ्नुपर्छ।