You are here
Home > खेलकुद > यू–१९ एसिया कपको तालिका सार्वजनिक

यू–१९ एसिया कपको तालिका सार्वजनिक

४ भाद्र २०७६, बुधबार ०७:४८

काठमाडौं-श्रीलंकामा हुने एसीसी यू–१९ नाइन्टिन एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।  प्रतियोगिता यही सेप्टेम्बर ५ देखि १४ तारिखसम्म हुनेछ। नयाँ तालिका अनुसार नेपालले पहिलो खेलमा आयोजक श्रीलंकासँग सेप्टेम्बर ६ मा खेल्नेछ।

नेपालको दोस्रो प्रतिद्वन्द्वीका रुपमा बंगलादेश रहेको छ। उसँग नेपालले सेप्टेम्बर ८ तारिखमा खेल्नेछ। समूहको अन्तिम खेलमा नेपालले  युएईसँग सेप्टेम्बर १० तारिखमा खेल्नेछ। आठ देश सहभागी प्रतियोगिताको अर्को समूहमा भारत, पाकिस्तान, अफ्गानिस्तान र कुवेत रहेका छन्। प्रतियोगिताको दुई समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्।