You are here
Home > समाचार > रवि लामिछानेकी पन्ती निकिताले दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेन

रवि लामिछानेकी पन्ती निकिताले दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेन

४ भाद्र २०७६, बुधबार १६:३३

काठमाडौं- टेलिभिजन प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ। बुधबार दिउँसो पत्रकारहरु किशोर श्रेष्ठ, संकेत कोइराला र जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लविरुद्ध निकिता महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेकी थिइन्।

कीर्ते गरेर पत्रकार शालिकराम पुडासैनीको भिडियो सार्वजनिक गरेको भन्दै निकिता तीनजनाविरुद्ध उजुरी गर्न नमानेपछि रितो हात फर्किएकी थिइन्। महानगरीय प्रहरी परिसर काडमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले आफ्नो कार्यक्षेत्र बाहिरको भएकाले उजुरी दर्ता नगरिएको बताए।

निकिता र रविका दाजु हरिशरण लामिछाने ३ जनाविरुद्ध किटानी जाहेरी दिन वकिलसहित पुगेका थिए । उनीहरुले मुलुकी फौजदारी सहिंता २०७४ को दफा २७६ र २७७ मुलुकी अपराधसहिंता र सरकारी विद्युतीय अभिलेख किर्ते सम्बन्धी कानूनी व्यवस्थामा अनुसार किटानी जाहेरी दिएका थिए।