You are here
Home > तस्विर > नेपाल प्रहरी श्रीमती संघको ३५औं वार्षिकोत्सव सम्पन्न

नेपाल प्रहरी श्रीमती संघको ३५औं वार्षिकोत्सव सम्पन्न

४ भाद्र २०७६, बुधबार १७:२३

काठमाडौ- नेपाल प्रहरी श्रीमती संघको ३५औं वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रमुख आतिथिका रुपमा पुग्नुभएको थियो । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित विशेष समारोहमा भव्य कार्यक्रम भएको थियो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले संघलाई निरन्तर रुपमा उल्लेखनीय सहयोग गर्ने प्रहरी कर्मचारी तथा सेवामूलक कार्यमा सहयोग पुर्यालउने महानुभावहरुलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्नुभयो ।

सो अवसरमा सेवाभावले स्थापित संघले समाजिक सेवामा पुर्यााउँदै आएको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले संघले थप जनमुखी कार्य गर्दै अझ बढी योगदान पुर्याउने विश्वास लिएको बताउनुभयो ।

साथै राष्ट्र र नागरिक सेवामा समर्पित प्रहरीले सामना गर्नुपर्ने कठिन परिस्थितिलाई सहज बनाउन परिवारले दिएको योगदानको उच्च प्रशंसा गर्दै प्रहरी महानिरीक्षक खनालले सामाजिक सेवाका कार्य हरेक पीडितको दिलमा बस्न सके सफल हुने उल्लेख समेत गर्नुभयो ।