You are here
Home > खेलकुद > एभीसी सेन्ट्रल जाेन पुरुष भलिबल प्रतियाेगिताबाट नेपाल बाहिरियाे

एभीसी सेन्ट्रल जाेन पुरुष भलिबल प्रतियाेगिताबाट नेपाल बाहिरियाे

४ भाद्र २०७६, बुधबार २०:०२

काठमाडौँ-एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बुधवार भएको समूह चरणको अन्तिम खेलमा मालदिभ्ससँग ३–० को सोझो सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा नेपाल माल्दिभ्सविरुद्ध तीनै सेटमा कमजोर देखिएको थियो ।

घरेलु कोर्टमा खराब प्रदर्शन गरेको नेपाललाई मालदिभ्सले २५–२२, २५–२१ र २५–१४ को सेटमा पराजित गर्‍यो । मालदिभ्ससँगको हारसँगै समूह ’ए’ बाट नेपाल जित विहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अङ्क जोड्न सकेन । अब नेपालले पाँचौँ स्थानको लागि समूह ’बी’ को तेस्रो हुने टोलीसँग खेल्नेछ ।

मालदिभ्स भने समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।मालदिभ्सले अब सेमिफाइनलमा समूह ’बी’ को विजेता उज्बेकिस्तानसँग खेल्नेछ । यस समूहबाट किर्गिस्तान २ खेलमा २ जितसहित ४ अङ्क जोडेर समूह विजेताको रूपमा सेमिफाइनल पुगिसकेको छ ।