You are here
Home > समाचार > राष्ट्रपति भण्डारी र जयशंकरबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र जयशंकरबीच भेटवार्ता

५ भाद्र २०७६, बिहीबार १३:१५

काठमाडौं-दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार बिहान पशुपतिनाथको दर्शनपछि जयशंकर राष्ट्रपति भण्डारीसँग भेट्न शीतलनिवास पुगेका थिए ।

बुधबार साँझ नै उनले राजपाका शीर्ष नेतासँग दुई घण्टा भेट गरेका थिए ।

विदेशमन्त्री जउशंकरले आज पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम तय भएको जनाइएको छ । उनी आजै भारत फकँदैछन् ।