You are here
Home > राजनीति > अबका बैठक प्रचण्डको अध्यक्षतामा

अबका बैठक प्रचण्डको अध्यक्षतामा

५ भाद्र २०७६, बिहीबार १३:१८

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अबका हरेक बैठकको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् । बिहीबार विहान बसेको नेकपाको सचिवालयको बैठकले पार्टीको बैठकको अध्यक्षता प्रचण्डले गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अब पार्टी एकताका बाँकी काम पुरा गर्न अध्यक्ष प्रचण्डले बैठक बोलाउने र अध्यक्षता गर्ने निर्णय भएको जानकारी दिए । अब नेकपाको एकताका बाँकी काम टुंगो लगाउन बस्ने बैठक अर्का अध्यक्ष ओली उपचारका लागि बाहिर गएको बेलामा पनि नरोकिने भएको छ । 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि दुई अध्यक्ष भए पनि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठकको अध्यक्षता गर्दै आएका थिए ।