You are here
Home > अर्थ/बजार > करिब ५ करोडको कोकिनसहित विदेशी नागरिक पक्राउ

करिब ५ करोडको कोकिनसहित विदेशी नागरिक पक्राउ

५ भाद्र २०७६, बिहीबार २०:३३

काठमाडौँ-लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले ठुलो परिमाणमा लागुऔषध कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । ब्युरोले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै करिब ५ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित आइभेरीकोस्टका मार्सेल गुलीलाई पक्राउ गरेको जनाएको हो ।

पक्राउ गरेका गुली कतार एयरवेजमार्फत दोहा हुँदै नेपाल आएका थिए । उनको सुटकेस ब्यागमा १ किलो ६ सय  ग्राम कोकिन बरामद भएको र कोकिनको बजार मूल्य ४ करोड ८० रहेको ब्युरोका डिआइजी दिनेश अमात्यले जानकारी दिएका छन् । उक्त कोकिन नेपाल हुँदै भारत जान लागेको अमात्यले बताउनुभयो ।