You are here
Home > समाचार > गौरा पर्वको अवसरमा प्रधानमन्त्रीद्धारा शुभकामना

गौरा पर्वको अवसरमा प्रधानमन्त्रीद्धारा शुभकामना

६ भाद्र २०७६, शुक्रबार ०८:३४

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले गौराको अवसरमा शुभकामना दिँदै सामाजिक सद्भावमा चाडपर्वको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभएको छ ।

‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता हाम्रो देशका अमूल्य निधि हुन्’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘खासगरी कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा मनाइने विशेष हर्ष र उल्लासका साथ मनाइने गौरा नेपालको एक बिशिष्ट पहिचान झल्काउने पर्वको रुपमा परिचित छ ।’

प्रधानमन्त्रीले देशका विभिन्न भूभागमा बोलिने भाषा र विभिन्न क्षेत्रका संस्कृति, भेषभूषा, रितिरिवाज र संस्कारले विविधताबीच एकता, आपसी सम्बन्ध र सामाजिक सदभाव कायम  गराएको उल्लेख गर्नुभएको छ ।