You are here
Home > समाचार > प्रजिअलाई धम्क्याएर बम पड्काउँदै हिड्ने पक्राउ

प्रजिअलाई धम्क्याएर बम पड्काउँदै हिड्ने पक्राउ

६ भाद्र २०७६, शुक्रबार १३:२८

पर्सा- पर्साका प्रमुख जिल्ला अधिकारीलाई धम्क्याई समाजमा अशान्ति मच्चाउन सुतली बम पड्काउँदै हिड्ने तीन अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। तीन थान सुतली बम, ४ राउण्ड गोली र २ वटा मोबाइलसहित तीन अभियुक्तलाई पर्सा प्रहरीले वीरगन्ज २५ स्थित चण्डाल चौकबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका –२४ का इनुस अंसारी, सद्दाम अंसारी र टाइगर भन्ने जौवाद अंसारी रहेका पर्सा प्रहरीले जनाएको छ। पक्राउ परेका अभियुक्तहरुलाई अशान्ति मच्चाउन लगाउने मुख्य नाइके फुलहसन अंसारी भने फरार रहेको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए।