You are here
Home > तस्विर > सशस्त्र प्रहरी ऐन जारी भएको सम्झनामा रक्तदान (फोटोसहित)

सशस्त्र प्रहरी ऐन जारी भएको सम्झनामा रक्तदान (फोटोसहित)

६ भाद्र २०७६, शुक्रबार १३:४५

काठमाडौं-सशस्त्र प्रहरी बल प्रधान कार्यालयले शुक्रवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ। सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको दिन अर्थात् भाद्र ६ गतेको सम्झनामा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम’को आयोजना गरिएको हो।

‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम’मा स्थानीय व्यक्ति, नेपाल पूर्व सशस्त्र प्रहरी संघ, सशस्त्र प्रहरी परिवार महिला संघ तथा सशस्त्र प्रहरी कर्मचारीहरुले रक्तदान गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाललगायत वरिष्ठ अधिकृत तथा विल्लादार जवानहरु तथा भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरुले समेत रक्तदान गर्नुभएको छ ।


फोटाः एपीएफको फेसबुकबाट