You are here
Home > खेलकुद > आईसीसी एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल

आईसीसी एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल

६ भाद्र २०७६, शुक्रबार १३:५९

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयतामा एक स्थान तल झरेको छ। आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६ औँ स्थानमा झरेको हो।

नेपाल यसअघिको वरीयतामा १५ औं स्थानमा रहेको थियो। ८ खेलबाट १९ रेटिङ पाएको नेपाल वरीयतामा यूएई र पपुवा न्युगिनी भन्दा माथि रहेको छ। नेपाल टि–ट्वान्टी वरीयतामा भने ११ औँ स्थानमा यथावत् रहेको छ।

आईसीसीको एकदिवसीय वरीयतामा इङ्ल्यान्ड शीर्ष स्थानमा रहेको छ। त्यस्तै भारत दोस्रो स्थानमा रहँदा न्युजिल्यान्ड तेस्रो र अष्ट्रेलिया चौथो स्थानमा रहेको छ। टि–ट्वान्टी वरीयताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ।