You are here
Home > समाचार > ७२ लाख ठगी गर्ने पुर्व डिएसपीको श्रीमती पक्राउ

७२ लाख ठगी गर्ने पुर्व डिएसपीको श्रीमती पक्राउ

६ भाद्र २०७६, शुक्रबार १४:१४

ईटहरी – सशस्त्र प्रहरी बलका पुर्व डिएसपी पुष्पकुमार श्रेष्ठकी पत्नी मिनाकुमारी श्रेष्ठलाई सुनसरीको ईटहरीबाट प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठलाई इटहरी स्थित रोयल रिसोर्टमा लुकेर बसेको अवस्थामा बिशेष सुराकीको आधारमा बिहिबार राति ८ बजे पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

किर्तिपुरकी एकजना महिलालाई घर पास गरिदिने भन्दै ७२ लाख रुपैया लिएर फरार रहेकी शसस्त्र प्रहरीका पुर्ब डिएसपी पुष्पकुमार श्रेष्ठकी श्रीमती अन्दाजी ३६ बर्षिया मिनाकुमारी श्रेष्ठ सुनसरीको ईटहरीबाट पक्राउ परेकी हुन् ।

किर्तिपुर वार्ड नं.३ बस्ने कमला सिग्देल लाई घर पास गर्ने शर्तमा भोलि नै पास गरिदिन्छु भन्दै ७२ लाख रूपैया लिएर श्रेष्ठ फरार रहेकी थिइन्

उनलाई आजै काठमाण्डौ ल्याउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।