You are here
Home > समाचार > प्रहरीको केन्द्रीय सह-प्रवक्तामा उमेशराज जोशी

प्रहरीको केन्द्रीय सह-प्रवक्तामा उमेशराज जोशी

६ भाद्र २०७६, शुक्रबार १९:४८

काठमाडौं- नेपाल प्रहरीको कन्द्रीय सह-प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई तोकिएको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक जोशीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह–प्रवक्ता तोकिएको हो ।

प्रवक्ता डिआईजी विश्वराज पोखरेल अमेरिकामा हुने एक कार्यक्रममा सहभागि हुन गएपछि जोशीलाई सह-प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

जोशी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।