You are here
Home > समाचार > रविको अन्तरवार्ता सार्वजनिक भएपछि चितवन प्रहरी तनावमा

रविको अन्तरवार्ता सार्वजनिक भएपछि चितवन प्रहरी तनावमा

७ भाद्र २०७६, शनिबार १५:२४

चितवन -न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको अन्तरवार्ता सार्वजनिक गरेपछि चितवन प्रहरी तनावमा परेको छ। रविले आफूलाई प्रहरीबाटै असुरक्षा रहेको आरोप लगाइरहेकै बेला हिरासतमा लिइएको अडियो अन्तरवार्ता सार्वजनिक भएको हो।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले हिरासतमा अन्तरवार्ता लिएर सार्वजनिक गर्नेलाई कार्वाही गर्ने चेतावनी दिएका छन्। उनले अनुसन्धानको घेरामा रहेका व्यक्तिको अडियो, भिडियो अन्तरवार्ता सार्वजनिक गर्न नपाइने भन्दै कार्वाही गर्ने बताएका हुन्।

कस्ले, कसरी? सार्वजनिक गर्‍यो भन्नेबारे अनुसन्धान गरी कार्वाही गर्ने एसपी मल्लको भनाइ छ। रविलाई हिरासतमा भेट्न गएका एक जना सञ्चारकर्मीले अडियो अन्तरवार्ता लिएर युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन्। यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।