You are here
Home > समाचार > गैरसैनिकलाई सैनिक ‘कम्ब्याट ड्रेस’ लगाउन निषेध

गैरसैनिकलाई सैनिक ‘कम्ब्याट ड्रेस’ लगाउन निषेध

७ भाद्र २०७६, शनिबार १५:३०

डोटी- जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका गैरसैनिक व्यक्तिलाई सैनिकले लगाउने खालका पोशाक ‘कम्ब्याट ड्रेस’ लगाउन निषेध गरेको छ। जिल्लामा अधिकांशले त्यस्तो पोशाक लगाउने गरेकाले उक्त पोशाक नलगाउन प्रशासनले परिपत्र जारी गरी सबैमा आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले गैरसैनिकलाई कम्ब्याट पोशाक लगाउन निषेध गरिएकाले यसलाई कडाइका साथ लागू गर्न जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख प्रशाकीय अधिकृतलाई निर्देशनसहितको पत्राचार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।

उनले भने, ‘जिल्लामा कम्ब्याक्ट पोशाक लगाउने गरेको देखिएकोले रोकथामका लागि पत्राचार गरेका छौँ, अटेर गर्नेलाई कारवाही हुनेछ।’