You are here
Home > समाचार > रवि लामिछानेसहित तीन जनाबिरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

रवि लामिछानेसहित तीन जनाबिरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

८ भाद्र २०७६, आईतवार १५:४०

काठमाडौँ-आत्महत्या दुरुत्साहन कसुरमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेसहित तीन जनाविरुद्ध चितवन सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

जिल्ला प्रहरी कार्यालयले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पुर्‍याएपछि अध्ययन गरेर जिल्ला अदालतमा यी तीनबिरुद्ध मुद्दा दर्ता गरिएको हो। आइतबार दिउँसो यी तीनबिरुद्ध मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ।

पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको थियो।