You are here
Home > राजनीति > मन्त्री बाँस्कोटाद्धारा काम छिटोछरितो सम्पादन गर्न कर्मचारीलाई निर्देशन

मन्त्री बाँस्कोटाद्धारा काम छिटोछरितो सम्पादन गर्न कर्मचारीलाई निर्देशन

८ भाद्र २०७६, आईतवार १५:५०

अर्घाखाँची -सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमानसको बुझाइ रहेकाले यसलाई हटाउन कर्मचारी नै लाग्नुपर्ने बताए ।

उनले जनताको काममा पैसा माग्ने, कमिसन माग्ने, पैसाका कारण काम रोक्ने जस्ता कार्य गरेमा तत्काल त्यस्ता कर्मचारीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसहित कार्यालय प्रमुखलाई निर्देशन दिए ।

उनले नेपाल सरकार नै भ्रष्टाचारलाई उन्मुलन पार्ने दिशामा अगाडि बढेकाले भ्रष्टाचारलाई बढावा दिने जो कसैलाई पनि सरकारले नछाड्ने चेतावनी दिए । मन्त्री बाँस्कोटाले देश समृद्धिको दिशामा अगाडि बढेको उल्लेख गर्दै देशलाई अगाडि बढाउने कि यथास्थितिमा राख्ने भन्ने सबै हात कर्मचारीसँग भएको बताए ।