You are here
Home > समाचार > शालिकराम मृत्यु प्रकरणः रवि आज पनि प्रहरी हिरासतमा रहने

शालिकराम मृत्यु प्रकरणः रवि आज पनि प्रहरी हिरासतमा रहने

८ भाद्र २०७६, आईतवार १७:३५

काठमाडौं- टेलिभजन प्रस्तोता रवि लामिछानेको बयान लिने काम नसकिएपछि जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ।

चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।

अस्मिता लामिछानेको बयान लिने काम सकिएको छ तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको छ । भोलि १० बजेबाट पुनः बयान सुरु हुने जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले जानकारी दिए।