You are here
Home > राजनीति > नेकपा सचिवालयको बैठक सर्यो, विहान ११ बजे बस्ने

नेकपा सचिवालयको बैठक सर्यो, विहान ११ बजे बस्ने

९ भाद्र २०७६, सोमबार ०९:२१

काठमाडौं -नेकपा सचिवालय बैठक ११ बजे बस्ने भएको छ। आज दिउँसो १ बजेका लागि बस्ने बैठक ११ बजे सरेको हो। बैठक पहिलो पटक पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बस्ने छ।

अध्यक्ष प्रचण्डले यसअघि पार्टी सचिवालय बैठकको नेतृत्व गरेका छैनन्। पार्टीअध्यक्षमा ओली र प्रचण्ड छन्। बैठकको नेतृत्व भने ओलीले गर्दै आएका थिए। पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा सांगठनिक एकता र अन्य निर्णयहरू गरिने बताइएको छ।

पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गत बिहीबार सिंगापुर गएपछि अध्यक्ष प्रचण्डले बैठक बोलाएका हुन्। डठद्ध