You are here
Home > राजनीति > टीकापुर घोषणापत्र जारी गर्दै थरुहट राष्ट्रिय सम्मेलन सकियो

टीकापुर घोषणापत्र जारी गर्दै थरुहट राष्ट्रिय सम्मेलन सकियो

९ भाद्र २०७६, सोमबार १३:१४

टीकापुर – टीकापुरमा जारी थरुहट\ थारुवान राष्ट्रिय सम्मेलन लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय राष्ट्रिय मोर्चा गठन गर्दै सम्पन्न भएको छ । सम्मेलनबाट गठित मोर्चाको संयोजक थरुहट नेता लक्ष्मण थारु टीकापुर घटनाको अभियोगमा ४२ महिना जेल जीवन बिताएर बाहिर आएका हुन् ।

भदौ ७ गतेदेखि चलेको सम्मेलनले सशक्त आन्दोलन,थरुहट÷थारुवानको आगामी कार्यदिशा सहितको १५ बुँदे टीकापुर घोषणापत्र जारी गरेको छ ।

मोर्चाका प्रवक्ता मीनराज चौधरीका अनुुसार सम्मेलनले पुुनः थरुहट आन्दोलनलाई नयाँ उचाईमा पु¥याउनुको साथै पहिचान पक्षधरलाई एकताबद्ध गरेको छ । बिग्रिएको भनिएको टीकापुरको सामाजिक सद्भाव मजबुत भएको र सद्भाव कायम गर्न राज्यले नै तदारुकता अपनाउन पर्ने सम्मेलनले पुष्टि गरेको सम्मेलनपछि जारी गरिएको १५ बुँदे घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा तराई मधेशमा जारी आन्दोलनपछि छानबिन गर्न गठित गिरिशचन्द्र लाल सहितको विभिन्न प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ ।

भदौ ८ गतेको दिन कर्फ्यू जारी भएकै अवस्थामा टीकापुरका थारु समुदायको भौतिक संरचनामा आगजनी गर्नेलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने र संघर्ष समिति र सरकारबीच विभिन्न समयमा भएको १३ बुँदे सहमति कार्यान्वयन गर्न समेत घोषणा पत्रमार्फत जोडदार माग गरिएको छ।

यस सँगै घोषणा पत्रमा हालको ७ प्रदेशको संरचना कुनै पनि हालतमा नमान्ने, जातीय पृष्ठभूमिको आधारमा पहिचान सहितको १० जोड १ को थरुहटरथारुवान स्वायत्त प्रदेश सीमांकन र नामांकन गरिनुपर्ने माग उल्लेख छ ।