You are here
Home > अर्थ/बजार > सेनाद्धारा ६ अर्ब २८ करोड बेरुजु फर्छ्योट

सेनाद्धारा ६ अर्ब २८ करोड बेरुजु फर्छ्योट

९ भाद्र २०७६, सोमबार १३:३७

काठमाडौं- नेपाली सेनाले आर्थिक वर्ष २०७५\७६ मा बेरुजु फर्छ्योटमा उल्लेखनीय उपब्धि हासिल गरेको छ। नेपाली सेनाको नामा भएको ९ अर्ब ३३ करोड ४४ लाख ५ हजार मध्ये आर्थिक वर्षमा ६ अर्ब २८ करोड ७६ लाख ६८ हजार बेरुजु फच्र्योट गरेको प्रवक्ता विजानदेव पाण्डेले बताए।

आर्थिक वर्ष २०७५\७६ मा ६० प्रतिशत लक्ष्य राखिएकोमा ७६.३६ प्रतिशत बेरुजु फर्छ्योट भएको र बाँकी बेरुजु मध्ये ९७ प्रतिशत पेश्की बेरुजु रहेको बताए। सेनाकोे संगठनको नाममा रहेको बेरुजु फर्छ्योट गरी शुन्य बनाउने र आगामी दिनमा बेरुजु नै नहुने नीति बनाएर काम भईरहेको जनाइएको छ।

सेनाको कल्याणकारी कोषतर्फ बेरुजु ७० करोड ३० लाख ९३ हजार रहेकोमा आवमा ४४ करोड २० लाख ६० हजार फच्र्यौट गरी ६२.९६ प्रतिशत प्रगति हासिल भएको बताइएको छ।