You are here
Home > राजनीति > नेकपामा चारजना केन्द्रीय सदस्य थपिए

नेकपामा चारजना केन्द्रीय सदस्य थपिए

९ भाद्र २०७६, सोमबार १३:४४

काठमाडौ– नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा चारजना थपिएका छन्। सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले चारजनालाई पार्टी सदस्यमा मनोनीत गरेको हो। मनोनित हुनेमा  देवेन्द्र पराजुली, कल्पना धमला, पद्म राई र किरण राई रहेका छन्।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी प्रावधान अनुसार चारजनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको जानकारी दिए।

बैठकले पार्टीमा आवद्ध नेता कार्यकर्ताले आफ्ना नेता या कार्यकर्ताका बारेमा सार्वजनिक ठाउँमा व्यक्तिगत टिप्पणी गर्न नपाउने निर्णय गरेको छ।आफ्ना नेता र कार्यकर्ताका बारेमा जथाभावी बोल्न नपाइने र त्यसो गरेमा कारबाही हुने निर्णय गरिएको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले बताए।

नेकपाको केन्द्रीय सदस्य संख्या ४ सय ४५ पुगेको छ।