You are here
Home > राजनीति > मन्त्रिपरिषद् बैठक शुरु, सिंगापुरबाट प्रधानमन्त्रीको भिडियो कन्फेरेन्स

मन्त्रिपरिषद् बैठक शुरु, सिंगापुरबाट प्रधानमन्त्रीको भिडियो कन्फेरेन्स

९ भाद्र २०७६, सोमबार १५:२२

काठमाडौं -मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । स्वास्थ्य उपचारका क्रममा सिंगापुर रहनुभएका प्रधानमन्त्री केपी ओलीले पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद्को अध्यक्षता गर्नुभएको हो ।

अपरान्ह १२ बजे बस्ने भनिएको बैठक केही समय ढिलो गरी शुरु भएको हो । बैठकमा प्रधानमन्त्रीले सिंगापुरबाट भिडियो कन्फ्रेन्समा तथा अरू सबै मन्त्री प्रधानमन्त्री कार्यालयमा उपस्थित भएर छलफल भइरहेको छ ।