You are here
Home > समाचार > शालिकराम मृत्यु प्रकरणः अदालतमा बहस सकियो, केही समयमै आदेश आउने

शालिकराम मृत्यु प्रकरणः अदालतमा बहस सकियो, केही समयमै आदेश आउने

९ भाद्र २०७६, सोमबार १७:४८

काठमाडौं- शालिकराम प्रकरण अन्तिम चरणमा पुगेको छ । चितवन जिल्ला अदालतमा शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ को थुनछेक बहस पनि सकिएको छ । जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा भएको बहसका लागि ८ जना वकिलहरुले बहस गरेका छन् ।

थुनछेक बहसपछि जिल्ला न्यायधीशले अभियुक्तहरुलाई के सजाय गर्ने भन्ने निर्णय आजै गर्दैछन् । यस्तै पुडासैनीको पक्षबाट वकालत गरेका स्वागत नेपालले अदालतले शालिकरामको हत्या भएको नभई आत्महत्या भन्ने कुरा स्विकार गरेको जानकारी दिनुभयो ।

अन्तिम फैसला आज ६ बजेसम्म आउँने अनुमान गरिएको छ ।