You are here
Home > प्रशासन > रवि लामिछाने ५ लाख धरौटीमा रिहा,अस्मिता साधारण तारेखमा

रवि लामिछाने ५ लाख धरौटीमा रिहा,अस्मिता साधारण तारेखमा

९ भाद्र २०७६, सोमबार १८:२६

काठमाडौं- टेलिभिजन प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा रिहा भएका छन्। उनलाई चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले न्युन धरौटीमा तारेखमा रिहा गरेको हो।

पत्रकार युवराज कँडेल तीन लाख धरौटी र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ। रिहाइको आदेश भएपनि उनीहरुले धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्नेछन्। उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगसहित अघिल्लो साता मुद्दा दायर गरेको थियो।

उनीहरुको रिहा लगत्तै रवि लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका छन्। लामिछानेलगायत अभियुक्तविरुद्धको मुद्दा पूर्वाग्रहपूर्ण र प्रतिशोधका आधारमा दर्ता भएको दाबी गर्दै २३ कानुन व्यवसायीले तीनभर बहस गरेका थिए।

रविसहित तीनैजनालाई चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले साउन ३० गते काठमाडौंबाट पक्राउ गरेको थियो। रवि र युवराज बिहीबार साँझ पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको थियो।

चितवन जिल्ला अदालतले भदौ ३ गते लामिछानेलाई छानबिनका लागि ५ दिन म्याद थप गरेको थियो । जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । रवि लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रम भने चलाउन पाउने भएका छन् । तर उनले पुडासैनी मृत्यु प्रकरणको बारेमा भने कार्यक्रममा कुनै बहस गर्न पाउने छैनन्