You are here
Home > समाचार > अनियमितता भएको भन्दै विद्यालयमा तालाबन्दी

अनियमितता भएको भन्दै विद्यालयमा तालाबन्दी

१० भाद्र २०७६, मंगलवार १६:१९

सर्लाही-हरिपुर्वा नगरपालिका ५ मा रहेकोे केश्वर गरिब जनता माबिमा तालाबन्दी गरिएको छ । विद्यालयका व्यवस्थापन समिति र प्रधानाध्यापकको मिलोमतोमा विद्यालयमा अनियमितता भएको भन्दै स्थानिय आन्दोलीत भएका हुन् । 

आन्दोलनमा उत्रिएका स्थानयिले विद्यालयमा तालाबन्दी गरेका छन् भने विद्यार्थीले टायर बालेर सडकमा उत्रिएका छन् । विद्यालयको प्रधानाध्यापक फेकु राय भ्रष्ट र असक्षम भएको हुँदा तुरुन्त सरुवा हुनुपर्ने, विद्यालयमा नयाँ भर्ना भएको शिक्षकहरुलाई खारेजी गर्नुपर्ने , व्यवस्थापन समिति खारेज हुनुपर्ने, विद्यालय को सम्पुर्ण आय र ब्य्य अबिलम्ब प्रस्तुत हुनुपर्ने लगायतको ७ बुँदे माग पुरा नहुन्जेलसम्म तालाबन्दी नखोलिने स्थानीयको भनाई छ ।
 
प्रधानाध्यापकले व्यापक भ्रष्टाचार गरेको भन्दै सोमवार विद्यालय व्यवस्थापन समितिको बैठकमा दिउँसो दुई पक्षबिच झडप पनि भएको थियो । झडपमा परी स्थानिय गणेश यादब, सुरेन्द्र यादव, खगेन्द्र यादव र मनोज राय गम्भिर घाइते भएका थिए ।