You are here
Home > मनोरञ्जन > एक महिलाले १७ जना ग्राहकसँग शारिरिक सम्बन्ध राख्न बाध्य

एक महिलाले १७ जना ग्राहकसँग शारिरिक सम्बन्ध राख्न बाध्य

११ भाद्र २०७६, बुधबार १३:३६

काठमाडौं-काठमाडौं उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत श्रमिक महिलाका बारेमा गरिएको अध्ययनले यस्तो तथ्य फेला पारेको हो। अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अनुसन्धानकर्ता बुद्धिकुमार श्रेष्ठले मनोरञ्जनक्षेत्रमा कार्यरत श्रमिक महिला, किशोरकिशोरी र बालबालिकाको अवस्था निकै दयनीय र कारुणीक रहेको बताए।

कामनपा वडा नम्वर–३२ मा सञ्चालित ५५ वटा व्यवसायमा कार्यरत एक सय जना महिला तथा बालबालिकालाई लक्षित गरी अध्ययन गरिएको थियो । कुल २९४ जना श्रमिक मध्ये ६५ प्रतिशत आदिवासी जनजाति, ३२ प्रतिशत क्षेत्री–बाहुन र तीन प्रतिशत दलित छन् । १५ वर्षमुनिकै उमेरमा काम खोज्न आउनेको संख्या ३२ प्रतिशत छ ।

आर्थिक अवस्था, पारिवारिक समस्या र साथीसङ्गीको लहलहैमा शहरमा पस्ने युवतीको पहिलो छनोटमा रेष्टुराँ तथा होटल ब्यवसाय हुने गरेको पाइएको छ । भट्टीका रूपमा परिचित खाजाघरबाट क्याविन, होटल र गेष्टहाउस हुँदै उनीहरू डिस्कोसम्म पुग्छन् ।

यसक्षेत्रमा कार्यरत ३७ प्रतिशत महिलाले अनैतिक र असुरक्षित सम्वन्धका कारण जन्मेको बच्चाको बाबुसमेत भन्न नसक्ने गरेको अध्ययनले देखाएको छ । यस्ता महिलाले दैनिक १६ घण्टा काम गरे पनि मासिक १० हजार रुपियाँको हाराहारीमात्र तलव पाउने गरेको अध्ययनले देखाएको छ।