You are here
Home > राजनीति > विप्लव समूहले तोक्यो उपत्यका हेर्ने २ इन्चार्ज

विप्लव समूहले तोक्यो उपत्यका हेर्ने २ इन्चार्ज

११ भाद्र २०७६, बुधबार १३:४०

काठमाडौं –प्रतिबन्धित पार्टी नेकपा विप्लव समूहले काठमाडौं उपत्याकामा दुई जना नेताहरुलाई उपत्यका हेर्ने गरी जिम्मेवारी तोकेको छ ।

माइला लामा पक्राउ परेपछि सो समूहले कसैलाई पनि जिम्मेवारी दिएको थिएन । सुरक्षा निकाय उच्च स्रोत अनुसार उपत्यकाको जिम्मा लिने पार्टीका दुई नेताहरु अजाद र नविनलाई जिम्मेवारी दिइएको छ ।

उपत्यका ब्यूरो अन्र्तगतको काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट र रसुवा हेर्ने दुई नेता पठाएको भएपनि उनीहरुको पृष्ठभूमि भने गोप्य राखिएको छ । उच्च स्रोतका अनुसार उपत्यकाको काठमाडौं र भक्तपुर हेर्ने गरी नविन विश्वकर्मा हितमानलाई जिम्मा दिईएको छ । त्यस्तै ललितपुर र भक्तपुर हेर्ने गरी आजाद केसीले जिम्मा दिइएको छ ।