You are here
Home > अर्थ/बजार > नेपाली सेनाले भन्यो, ‘द्रुतमार्ग निर्माणका लागि १ खर्ब ७५ अर्ब आवश्यक’

नेपाली सेनाले भन्यो, ‘द्रुतमार्ग निर्माणका लागि १ खर्ब ७५ अर्ब आवश्यक’

११ भाद्र २०७६, बुधबार १४:०४

काठमाडौं–निजगढ जोड्ने द्रुतमार्ग निर्माणका लागि १ खर्ब ७५ अर्ब रुपैयाँ आवश्यक पर्ने नेपाली सेनाले जनाएको छ। काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणबारे जानकारी दिन बुधबार सेनाले गरेको पत्रकार सम्मेलन सो जानकारी दिएको हो।

मन्त्रिपरिषदले हालै स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार सो रकम लाग्ने बताएको हो।

७२.५ किलोमिटरको द्रुतमार्ग निर्माणका लागि करबाहेक १ खर्ब ५५ अर्ब लाग्नेछ। यो लागत पूर्व निर्धारितभन्दा ३८ अर्ब बढी हो। यो रकम एशियाली विकास बैंकले प्रक्षेणभन्दा समेत बढी हो।

परियोजनाबारे परियोजनाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा लागत किन बढेको हो सेनाले स्पष्ट जानकारी दिन सकेन। परियोजना निर्माण सम्पन्न गर्न ३ वर्ष ६ महिना लाग्ने सेनाले जनाएको छ। डिपीआरअनुसार यो परियोजनाका लागि १ लाख ५१ हजार रुख काटिनेछन्।

परियोजनाबारे जानकारी दिन नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा द्रुतमार्गको प्रस्थानबिन्दू खोकनाको रेखांकन परिवर्तन गरिने जानकारी दिइयो।

‘श्रीकाली मन्दिरलाई संरक्षण गरी सामान्य रेखांकन परिर्वतन गरिनेछ’, पत्रकार सम्मेलनमा परियोजना प्रमुख महासेनानी शरदलाल श्रेष्ठले भने।

डिपीआर बन्नुभन्दा अगाडि नै परियोजनाको ८ प्रतिशत काम सेनाले सम्पन्न गरिसकेको जनाएको छ।