You are here
Home > राजनीति > भिडियो कन्फ्रेन्सबाटै मन्त्रिपरिषद बैठक गर्नु गलत-नेता रावल

भिडियो कन्फ्रेन्सबाटै मन्त्रिपरिषद बैठक गर्नु गलत-नेता रावल

११ भाद्र २०७६, बुधबार १५:३३

कैलाली -सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता भीम रावलले प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्सबाटै मन्त्रिपरिषद बैठक गर्नु गलत भएको बताएका छन्।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर गएका प्रधानमन्त्रीले विदेशबाट आफैं मन्त्रिपरिषद बैठक बोलाउनु नीतिसंगत नरहेको उनको भनाई थियो । साथै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बोलाउनु सुरक्षा र गोपनियताका कारण उपयुक्त नभएको पनि उनको दावी छ ।

बुधबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा नेता रावलले आधुनिक युगमा गयौं भन्दैमा अरु विषयको ख्याल नै नगरिनु राम्रो नभएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका क्रममा सिंगापुरमा छन् । उनले सोमबार भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक गरेका थिए ।