You are here
Home > अर्थ/बजार > प्रधानन्यायाधीश र न्यायाधीशहरुको तलब ह्वात्तै बढ्यो

प्रधानन्यायाधीश र न्यायाधीशहरुको तलब ह्वात्तै बढ्यो

११ भाद्र २०७६, बुधबार १७:३१

काठमाडौं -धेरैलाई जान्न इच्छा हुन्छ कि सरकारले न्याय सेवातर्फका संवैधानिक निकायका पदाधिकारीलाई कति तलब दिन्छ ? अहिले सरकारले नयाँ तलवमान तोकेको छ । मन्त्रिपरिषदको भदौ ४ गतेको वैठकले न्यासेवाका कर्मचारीको तलव अनुमोदन गरेको हो । अर्थ मन्त्रालयकाअनुसार अब प्रधानन्यायाधीशले ८६ हजार ९ सय ५० रुपैयाँ तलब पाउनेछन् ।

त्यस्तै, न्यायाधीशहरुको भने ७१ हजार ९ सय ५० रुपैयाँ मासिक तलब तोकिएको छ । महान्यायाधिवक्ता र न्यायपरिषद् सदस्यले पनि न्यायाधीश बराबरको तलब पाउनेछन् । यसैगरी उच्च तथा जिल्ला अदालतका न्यायाधीश, संघीय संसदका महासचिव तथा सचिव र राष्ट्रिय सूचना आयोगका पदाधिकारीको समेत तलवमान तोकिएको हो । तोकिएको तलवमान भने १ साउनबाटै कार्यान्वयनमा आउने अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।