You are here
Home > समाचार > तुर्किस्तान पठाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

तुर्किस्तान पठाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

११ भाद्र २०७६, बुधबार १८:०६

काठमाडौं-महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले वैदेशिक रोजगारीका लागि तुर्किस्तान पठाई दिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको टोलीले  रामेछाप गंगा गाउँपालिका–३ घर भई हाल काठमाडौं जोरपाटी बस्दै आएका हर्कबहादुर तामाङ्गलाई बुधबार काठमाडौंको जाेरपाटीबाट पक्राउ गरेको हो ।

तामाङ्गले भोजपुर पौपादुम्बा–६ का उमेश तामाङलाई तुर्किस्तानमा सेक्युरिटी गार्डमा मासिक १२ हजार डलर तलव हुने र खाने, बस्नेको सुविधा समेत हुने भन्दै तीन लाख रुपैंयाँ लिएर फरार भएका थिए ।

पेसाले चालक रहेका ३४ वर्षीय हर्कबहादुर तामाङले अन्य चार युवाबाट समेत जनही तीन लाखको दरले रकम उठाएको खुल्न आएको महाशाखाका प्रहरी उपरीक्षक तथा सूचना अधिकृत सुशीलसिंह राठौरले जानकारी दिएका छन् ।