You are here
Home > समाचार > गाँजा खेती नष्ट

गाँजा खेती नष्ट

१२ भाद्र २०७६, बिहीबार १३:५५

धादिङ- गजुरी गाउँपालिका-४ गैरी गाउँस्थित करिब २ सय ५० रोपनी जग्गामा अवैध रुपमा लगाएको गाँ’जा खेती बुधबार प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राज कुमार बैदवारको नेतृत्वमा खटिएको प्रहरी टोलीले संचारकर्मी तथा स्थानीय बासिन्दाको सहभागितामा उक्त गाँ’जा खेती काटी उखेली नष्ट गरेको हो ।