You are here
Home > समाचार > यस्तो छ सशस्त्र प्रहरी बलको वर्तमान अवस्था

यस्तो छ सशस्त्र प्रहरी बलको वर्तमान अवस्था

१४ भाद्र २०७६, शनिबार ०८:४७

काठमाडौं-सशस्त्र प्रहरी बलले नेपालले देशका विभिन्न रणनीतिक स्थानहरुमा आफ्नो उपस्थिति जनाएको छ । यस क्रममा विद्यमान जनशक्ती र साधन श्रोतहरुको अधिकतम प्रयोग गरी हाल ७७ जिल्लामा सशस्त्र प्रहरी बल नेपाल तैनाथ भएको सशस्त्र प्रहरी बलका आइजीपी  शैलेन्द्र  खनाल    ले जानकारी दिनुभएको छ।

उहाँले यस भन्दा अगाडी ५८ जिल्लामा मात्रै सशस्त्र प्रहरी बल उपस्थिती रहेको जनाउनुभयो। बोर्डर आउट पोष्टको परिचालन अन्तर्राष्ट्रिय मान्यता बमोजिम गणबाट परिचालन हुने व्यवस्था गरिएको छ। हाल १०७ वटा बोर्डर आउट पोष्ट स्थापना भई सकेका छन् भने आवश्यकता अनुसार थप गर्दै लजाने संगठनको लक्ष्य रहेको छ ।

विगतमा ८७ बोर्डर आउट पोष्ट रहेकोमा संगठनको पुर्नसंरचना पछि सोको संख्यामा बृद्धि गरिएको हो । सीमा सुरक्षालाई विषेश ध्यान दिई आगामी वर्षमा दक्षिणी सीमामा करिब १५ वटा थप बिओपि स्थापना गर्ने लक्ष्य रहेको छ भने उत्तरी सीमातर्फ समेत परिचालन गर्दै लैजाने संगठनको लक्ष्य रहेको छ।

सम्पूर्ण सशस्त्र प्रहरी इकाईहरुको चेनअफ कमाण्डमा परिमार्जन गरिएको सशस्त्रका प्रवक्ता सुरजकुमार श्रेष्ठले जानकारी दिनुभयो। नयाँ संरचना बमोजिम तालिम शिक्षालयहरु बाहेक सबै इकाईहरुको परिचालनमा बाहिनीको कमाण्ड रहने छ । यसैगरी जिल्लामा रहेको सबै युनिटको कमाण्ड सम्बन्धित जिल्लाको गणबाट गरिने व्यवस्था मिलाइएको छ ।

गुनासो व्यवस्थापनका लागि छुट्टै शाखा
सशस्त्र प्रहरी बल नेपालले छुट्ट गुनासो व्यवस्थापन गरेको छ। हरेक प्रकृतीको गुनासोहरुमा सुनुवाई गर्दै छानविन गर्दा दोषी देखिएका सशस्त्र प्रहरी कर्मचारीलाई कारवाही गर्ने गरेको छ ।गुनासाहरु लिखित निवेदन, फोन, फ्याक्स, इमेल आदिबाट समेत लिने गरिएको छ ।

आपत विपद् उद्दारमा सशस्त्र प्रहरी बल
नेपाल सशस्त्र प्रहरी बलले सेवा, सुरक्षा तथा सहयोग र आपत विपद उद्दार कार्यलाई पहिलो प्राथमिकतामा राखेको छ। प्राकृतिक तथा मानवजन्य विपदको अवस्थालाई नजिकबाट निहाल्ने काम गर्दै आईरहेको छ।

एपीएफ इकाईबाट तत्कालै उद्धारका लागि एपीएफ टोली परिचालन गर्ने व्यवस्था मिलाईएको सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता सुरजकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँले प्रदेशहरुमा उद्धार कार्यका लागि दष जनशक्ति चौविसै घण्टा उच्च सतर्कतामा स्याण्डलाई राखिएको बताउनुभयो। नेपाल सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७५ साउन देखि २०७६ साउन महिनासम्म प्राकृतिक प्रकोपमा परेकाको उद्धारका लागि ४२ हजार ७ सय ७८ जना सशस्त्र प्रहरी परिचालन गरेको जनाइएको छ।

त्यस्तै सोही अवधीमा आगलागीका घटना ९ सय वटा, बाढी पहिरोका ४ सय ७० वटा नदी तथा तालमा उद्धार १ सय ४७ वटा र चट्याङ्गका ३ वटा प्राकृतिक घटनाहरु घटेका छन्।

प्रविधिको प्रयोग
सूचना र प्रविधिको बढ्दो विकास सँगै सशस्त्र प्रहरीका काम कारवाहीहरुलाई पनि सूचना प्रविधि मैत्री बनाउन सूचना प्रविधि क्षेत्रमा Border Surveillance System को विकासको क्रममा सीमावर्ती इकाईहरुमा Surveillance Device जडानको व्यवस्था मिलाईएको ।सीमा अपराध रोकथामका लागि आधुनकि प्रविधिको प्रयोग गर्दै लैजाने योजना अनुसार ४ स्थानमा Surveillance Device जडान गरिएको साथै ८ स्थानमा जडान गर्दै लैजाने योजना सहित अघि बढिएको । एपिएफ मोवाईल एप्स समेत लागु गरिएको छ।

अस्पतालको स्तरोन्नति

सशस्त्र प्रहरीले ११० शैयाको अस्पताल सञ्चालनमा ल्याएको छ। त्यस्तै स्तरोन्नतिका लागि ७ शैयाको आइसीयु सञ्चालन गरिएको छ भने D2 Level को Blood Bank स्थापना गरी सञ्चालनमा ल्याइएको छ।

उद्धारका लागि अत्याधुनिक एम्बुलेन्सको सुविधा, अत्याधुनिक MRI मेसिन खरिद प्रकृयामा रहेको छ।

Waste Management Machine खरिद प्रकृयामा रहेको, पब्लीकलाई समेत सेवा गर्ने हेतुले OPD तथा Emergency सेवा संचालनमा ल्याइएको छ। सशस्त्र प्रहरी बल नेपालमा नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा Trauma Center स्थापना गरिएको र भविष्यमा Stable Condition मा ल्याई सुविधा सम्पन्न अस्पतालमा पठाउने व्यवस्था मिलाईएको प्रधान कार्यालयले जनाएको छ।