You are here
Home > समाचार > छेपारो तस्करी आरोपमा दुई नेपाली भारतमा पक्राउ

छेपारो तस्करी आरोपमा दुई नेपाली भारतमा पक्राउ

१४ भाद्र २०७६, शनिबार १७:५६

भद्रपुर- टोक्यो जेको (छेपारो प्रजातिको जीव) को तस्करी गरेको आरोपमा दुईजना नेपाली नागरिक भारतको पश्चिम बंगालमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा जिल्ला बस्ने मोहनलाल क्षेत्री र ठाकुरप्रसाद गौतम रहेको भारतीय प्रहरीले जनाएको छ।

नेपाल-भारत सीमानास्थित सशस्त्र प्रहरी बल ४१ औँ बटालियन (एसएसबी) को टोली नेपाली दुई नागरिकलाई टोक्यो जेको (छेपारो प्रजातिको जीव) सहित पक्राउ गरेको हो। पश्चिम बंगालको दार्जिलिङ जिल्लास्थित नक्सलबारीबाट पानी ट्यांकी–काँकडभिट्टा नाकातर्फ आइरहेका उनीहरूलाई गोप्य सूचनाको आधारमा एसएसबीले पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

पक्राउ परेका दुवै नेपाली नागरिकलाई आवश्यक अनुसन्धानका लागि एसएसबीले नक्सलबारीको रथ खोला वन विभागलाई बुझाइसकेको जनाइएको छ।