You are here
Home > समाचार > एटिएम कार्ड प्रयोग गरी करिब डेढ करोड रुपैयाँ चोरी

एटिएम कार्ड प्रयोग गरी करिब डेढ करोड रुपैयाँ चोरी

१५ भाद्र २०७६, आईतवार ०९:५५

काठमाडौं-एक करोड २६ लाख नेपाली रूपैयाँ र १० हजार अमेरिकी डलरसहित पाँच चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरले शनिबार उनीहरुलाई ठूलो रकमसहित दरबारमार्गबाट पक्राउ गरेको हो।

उनीहरुले विभिन्न बैंकका नक्कली एटिएम कार्ड प्रयोग गरी रकम निकालेको हुन सक्ने प्रहरीको अनुमान छ।