You are here
Home > अर्थ/बजार > नागरिकको खाताको रुपैयाँ लुटिएको छैनः राष्ट्र बैंक

नागरिकको खाताको रुपैयाँ लुटिएको छैनः राष्ट्र बैंक

१५ भाद्र २०७६, आईतवार १३:५५

काठमाडौँ – नेपाल राष्ट्र बैंकले कुनै पनि नागरिकको बैंक खातामा रहेको रकम नलुटिएकाले ढुक्क रहन आग्रह गरेको छ । ह्याकरले एटिएमको करोडौँ रकम लुटेको खबरपछि आम नागरिक आतंकित भएका थिए।

ह्याकरले बैंकको एटिएममा मात्रै आक्रमण गरेको तर त्यसले कुनै पनि खातामा असर नपारेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । खातामा भएको पैसामा कुनै जोखिम नरहेको उनको भनाई छ ।

‘खातावालालाई कुनै असर पर्दैन । अहिले भएको आक्रमण एटिएममा मात्रै हो । सिस्टममा आक्रमण भएको छैन । आक्रमण हुन पनि सक्दैन । खातामा भएको पैसामा कुनै जोखिम छैन । ढुक्क भएर बैंकमा कारोबार गर्दा हुन्छ, आत्तिनु पर्दैन’, प्रवक्ता निरौलाले भने ।

यसैबीच काठमाडौँका बैंकलाई ह्याकरले निशानामा पारेपछि राष्ट्र बैंकले बैंकका प्रतिनिधिहरुलाई आकस्मिक बैठकमा बोलाएको छ। शनिबार साँझ दरबारमार्ग स्थित एटिएमबाट सवा करोड रकम सिस्टम ह्याक गरेर निकालिसकेको अवस्थामा प्रहरीले पाँचजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।